राति सुत्नुअघि नुहाउनुहोस्, यस्ता छन् प्रमुख तीन फाइदा


 


काठमाडौं, वैशाख १४
नुहाउनु सफा रहनु स्वास्थ्यका लागि फाइदा हो । तर, कुन समयमा नुहाउदा शरीरलाई फाइदा गर्छ भन्ने कुरामा भने ध्यान दिनुपर्छ । बिहान भन्दा राति नुहाउँदा स्वास्थ्यका लागि फाइदा पुग्ने एक अध्ययनले देखाएको छ ।

न्युयोर्कका एक छाला रोग विशेषज्ञ डा सामेर जबेरले दुईटै समय नुहाउँदा शरीरलाई फाइदा हुने भएपनि राति बढी फाइदा पुग्ने बताएका छन् । अध्ययनअनुसार बिहान नुहाउँदा कुनै हानी हुने नभएपनि बेलुका नुहाउँदा स्वास्थ्यका लागि केही थप फाइदा हुन्छ ।

राति नुहाउँदा दिनभरिको पसिना, चिल्लो पदार्थ र एलर्जी निकालेर गहिरो निद्रा लाग्ने बनाउँछ । साथै छालामा रहेको अनावश्यक तत्व निस्केर सुन्दर पनि बनाउँछ। यसका साथै यसका प्रमुख फायदा यस्ता छन् :

छाला चम्किलो
मृत कोषिका हटाएर नयाँ कोशिका उत्पादन गर्ने काम शरीरले राति नै गर्ने भएकाले नुहाउनु फाइदाजनक हो । राति नुहाएमा शरीरलाई यस प्रक्रियामा सहजता मिल्छ।

एलर्जीबाट मुक्त
रातको समय नुहाउँदा दिनभरको धुलोमाटो र मैले सफा हुने भएकाले शरीरमा संक्रमण हुन पाउँदैन । छालासँग सम्बन्धित एलर्जी पनि हुँदैन । अनुहार धुएपनि यसले धेरै फाइदा गर्छ ।

गहिरो निद्रा

दिनभर थकानमा रहेका शरीर नुहाउँदा सामान्य अवस्थामा आउँछ । तापक्रम घट्छ र गहिरो निद्रा आउँछ । यसका लागि डेढ घण्टा पहिले नै नुहाउनु राम्रो मानिने अध्ययनले खाएकाे छ।

 

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्