सुनको मूल्य एक सय बढ्यो


 


काठमाडौं, भदाै २५

सुनको मूल्य अाज एक सयले बढेको छ । कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य एक सयले बढेर ४९ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेको छ ।

हिजो सुनको मूल्य ४९ हजार ८ सयमा काराेबार भएकाे थियो । अाज चाँदीकाे मूल्यमा पनि पाँच रुपैयाँले बढेर प्रतितोला छ सय ९० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

प्रकाशित मिति: २५ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्