आफ्नो स्तनबारे के सोच्छन् महिला ? यसकारण बढ्दैछ प्लाष्टिक सर्जरी


 


स्तनले महिलाको सुन्दरतालाई प्रभाव पार्छ । जसले उनीहरुको मानसिकतामा समेत प्रभाव पारेको हुन्छ । मनोविद् गोपाल ढकालका अनुसार महिलाको स्तनका कारण वैवाहिक जीवनमा समेत असर गर्छ ।

सानो स्तन भयो भने आफ्नो श्रीमानले समेत मन नपराउने गरेको पाइएको ढकाल बताउँछन् । स्तन सानो भएका महिलाको शरीर असुहाउँदिलो भएको अनुभूत गरेर उनीहरु मानसिक तनावमा पनि पर्ने गर्छन् ।

त्यसैगरी ठूलो स्तन हुने महिलाको पनि त्यस्तै समस्या छ । ठूलो स्तन भएका महिलाले लुगा लगाउँदा नमिल्ने, असजिलो हुनेलगायतका समस्या बेहोर्नुपर्ने भएकाले कतिपय महिला मानसिक तनावको सिकार हुने गरेको मनोविद् ढकाल बताउँछन् ।

स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिन्छ । ढकालका अनुसार स्तनका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका दृष्टिले महिला बढी चिन्तित हुने गरेको अनुसन्धानले देखाउँछ ।

स्तन सानो हुँदा कतिपय किशोरीहरु चिन्तित हुने हुन्छन् । कतिपय त आफ्नो स्तनको आकार सानो देखेर व्यक्तित्व विकासमा कमी रहेको महसुस गर्छन् भने कतिपयले शारीरिक सुन्दरतामा कमी भएको महसुस गर्ने गर्छन् ।

स्तन प्लाष्टिक सर्जरी गर्नेको संख्या बढ्यो
पछिल्लो समय स्तनको प्लाष्टिक सर्जरी गर्ने महिलाहरुको संख्यामा बृद्धि भएको छ । महिलाहरुले आफ्नो स्तन ठूलो, सानो वा टाइट गर्ने उद्देश्यले सर्जरी गर्ने गरेका छन् ।

पहिले नेपालमा वर्षमा एक÷दुई जना महिलाले स्तनको सर्जरी गर्ने गरेको अवस्थामा अहिले महिनामा दुई÷तीन जना महिलाले सर्जरी गर्ने गरेको तथ्यांक छ ।

विदेशको तुलनामा स्तनको प्लाष्टिक सर्जरी सस्तो छ । नेपालमा ८० हजारदेखि डेढ लाख रुपैयाँसम्म लाग्छ भने विदेशमा चार लाख रुपैयाँसम्म लाग्ने गर्छ ।

प्रकाशित मिति: १८ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्