साउदीमा ६ वर्षदेखि नेपाली चेली बन्धक


 


नवलपरासी भदौ २६

ठूलो र मिठामिठा सपना देखाएर छोरीलाई फकाइ फुलाइ विदेश लगे, अहिले न उता बन्धकजस्तो बस्न बाध्य भएकी छिन, ६ वर्षअघि साउदी हिँडेकी देवचुली नगरपालिका ७ नवलपरासीकी सन्तमाया नेपालीकी आमा पार्वतीले सबैलाई यही दुखेसो गर्ने गर्छिन । राजधानी दैनिकमा समाचार छ ।

सन्तमाया अझै घर फर्कन पाएकी छैनन् ।  कमजोर आर्थिक अवस्था अनि जम्मम ३ कक्षा पढेकी उनलाई विदेश लैजाने चाँजोपाँचो प्रगतिनगरकी लिला पाण्डेले गरेकी हुन् । भारतको बाटो लगेर, भारतीय एजेन्टको सहयोगमा उनलाई साउदी पुर्‍याएको  लिला पाण्डेले स्वीकार गरेकी छिन् ।

प्रकाशित मिति: २६ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्