गर्मी मौसममा कति पिउने पानी ?


 


एजेन्सी
चिसो याममा भन्दा गर्मी याममा बढी पानी पाउने गरिन्छ । तर, कति पानी पिउने भन्ने जानकारी सबैलाई हुँदैन ।

पानी पनि मानिसको शरीरका लागि जरुरी तत्व हो । यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्छ । गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ ।

पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या निम्तन्छन् । यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ । दिनको ८ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट सजिलै बँच्न सकिन्छ ।

पानी खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ । गर्मीबाट आउनेबित्तिकै पानी पिउँनुहुन्न, केहीबेर आराम गरेपछिमात्र पिउन सकिन्छ । यदि छाति पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ ।

बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ । पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ।

गर्मी मौसममा अधिक व्यायाम गर्ने या जिम जाने तथा बढी व्यस्त हुने मानिसलाई डिहाइड्रेशनको समस्या हुन्छ । यस्ता मानिसले पानी पिउने क्रमलाई बढाउनुपर्छ।

विभिन्न फलफूल तथा तरकारीलाई पनि पानीको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । काँक्रोमा शरीरका लागि जरुरी भिटामिन र खनिज पदार्थका अलावा पानीको मात्रा पनि अधिक हुन्छ । यसमा ९६ प्रतिशतभन्दा बढी पानी हुन्छ । जसको उपयोगले शरीर हाइड्रेट रहन्छ ।

यस्तै, पालुंगोमा पनि ९१ प्रतिशत पानी हुन्छ । पालुंगोमा आइरन र म्याग्नेसियमको मात्रा प्रचुर हुन्छ, जसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ । स्टार फ्रुटमा पानी करिब ९१ प्रतिशत हुन्छ ।

प्रकाशित मिति: २५ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्