अाज थोरै घट्यो सुनको मूल्य


 


काठमाडौं, भदाै २८

साताकाे दोस्रो दिन अाज सुनको मूल्य थाेरै मात्रामा घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य डेढ सय घटेको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ४९ हजार सात सय ५० रुपैयाँमा सुनको काराेबार भइरहेको छ । अाइतबार ४९ हजार नाै सयमा सुनको कारोबार भएको थियो ।

अाज चाँदी पनि १० रुपैयाँले घटेको छ । प्रतितोला ६ सय ८० रुपैयाँमा चाँदीकाे कारोबार भइरहेको छ । तीजले सुनको कारोबार समेत बढेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्