मलेसिया सरकारको नेतृत्व सम्हालेपछि महाथिरले गरे यस्तो निर्णय, नेपालीलाई फाइदा



मलेसिया, जेठ ३
मलेसियाको प्रधानमन्त्रीमा महाथिर मोहम्मद निर्वाचित भएर आएसंगै गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) हटाएका छन् ।

मलेसिया सरकारको अर्थ मन्त्रालयले आगामी जुन १ बाट लागू हुने गरि जीएटी हटाउने निर्णय गरेको हो ।

हाल ६ प्रतिशत रहेको जीएसटी हटाएपछि मलेसियामा रहेका नेपालीसहित विदेशी कमादारलाई पनि लाभ हुनेछ । जीएसटी हटेपछि नेपाली कामदारले किन्ने सामानको भाउ घट्नेछ ।

महाथिर नेतृत्वको गठबन्धनले चुनावका क्रममा हरेक सामान किन्दा लाग्ने ६ प्रतिशत कर हटाउने बाचा गरेको थियो ।

अहिले मलेसियमा झण्डै साढे ४ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ ।

गुड्स एण्ड सर्भिस ट्याक्स अर्डर २०१४ मा कर छुटको सूचीमा राखिएका सामान र सेवालाई केही फरक पार्दैन किनभने त्यसमा जिएसटी लाग्दैनथ्यो ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News