कोठामा मध्यराति घर आएका श्रीमानले जब श्रीमतीलाई यस्तो अवस्थामा देखे…


 


काम सिलसिलामा बाहिर गएका एक पुरुषले मध्यराति घर फर्किदा आफ्नी श्रीमतीलाई यस्तो अवस्थामा फेला पारेकी जो उनले कल्पना पनि गरेका थिएनन् । मध्यराति उनी आउँदा उनकी श्रीमती खाटमा पल्टिएकी थिईन् ।

जब उनले श्रीमतीलाई आवाज दिए तब बोलिनन्, त्यसपछि हल्लाएर हात समाते तब उनलाई थाहा भयो श्रीमतीले आत्महत्या गरेकी रहेछिन् ।

जयपुर माणक चौक थाना क्षेत्रमा १९ वर्षीय शिल्पादास नामकी विवाहित महिलाले फाँसी लगाएर आत्महत्या गरेकी हुन् ।

करिब एक वर्ष पहिला उनको विवाह विद्युतदास नामका युवकसँग भएको थियो । विद्युतदास जौहरी बजारका जागिरे हुन् ।

श्रीमतीलाई मृत अवस्थामा भेटेपछि उनको होशै उडेको छ । श्रीमतीलाई मृत भट्टाएपछि उनले तत्कालै पुलिसलाई खबर गरेका थिए ।

पुलिसले शिल्पादासको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन् ।

घटनाको गम्भीर अनुसन्धानमा प्रहरी लागेको छ । उता विद्युतदास पत्नि वियोगमा छन् ।

एजेन्सी

प्रकाशित मिति: २९ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्