रुनुका यस्ता छन् ६ फाइदा


 


tearहामीले हाँस्दा स्वास्थ्यका लागि राम्रो हुने बारे धैरै सुनेका छौं । तर रुँदा हुने फाइदाको चर्चा नै हुँदैन ।खासमा रुँदा पनि शरीरका लागि धेरै फाइदा हुने तथ्य हालै गरिएको अध्यनले देखाएको छ ।

रुँदा हुने ६ फाइदाको चर्चा गरिएको छ यहाँ । मानिसका आँशु तीन तरिकाले निस्कन्छ । एक भावनात्मक उद्वेग, बाहिरी चिज आँखामा पर्दा वा ब्याक्टेरियाको आक्रमण ।

रुँदा आँखाको दृष्टी क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखाको ममब्रेन सुख्खा हुँदा परेको नकारात्मक असरलाई रुँदा निस्केको आँशुले चिसो तुल्याइदिन्छ र यसो गर्दा दृष्टी क्षमता बढ्छ ।

 २ आँशुमा लोसोजोम नामक तत्व हुन्छ । यो बाहिरी ब्याक्टेरियाको आक्रमणबाट जोगाउन ९० देखि ९५ प्रतिशत सम्म सफल हुने मानिन्छ ।

तनावको अवस्थामा आँशु आयो भने त्यसको साथमा एड्रेनोकोर्टिकोट्रोपिक र ल्यूसीन एनसिफलिन जस्ता हर्मोन पनि पैदा हुन्छ । यसले तनाव कम गर्न सहज तुल्याउँछ ।

आँशुले बाहिरी रसायनबाट पनि बचाउँछ । प्याज काट्दा निस्कने रसायन वा धुँवा धुलोले असर परेको आँखालाई जोगाउन आँशुको भूमिका निक्कै महत्वपूर्ण हुन्छ ।

भावनात्मक उद्वेगका कारण निस्कने आँशुमा एल्बुमिन प्रोटीनको मात्रा २४ प्रतिशतले बढी हुन्छ यसले पाचनलाई समेत प्रभावित गर्छ ।

समस्या परेको समयमा दिमाग र मुटको लिंबिक प्रणाली सहज हुन्छ जसले आराम प्रदान गर्छ ।

प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्