Deshko News
१५ मंसिर २०८०, शुक्रबार

कतारमा मृत्युदण्ड पाएका चौधरीलाई निर्दोश सावित गर्न पहल


 


काठमाडौं, जेठ २२
कतारमा कतारी नागरिकको हत्या अभियोगमा मृत्यु दण्ड सुनाइएका नेपालीको प्रतिरक्षाका लागि नेपालबाट पहल सरु भएको छ ।

हत्या अभियोगमा मृत्युदण्ड पाएका महोत्तरीको औरहीका अनिल चौधरीलाई निर्दोश सावित गर्न कतारस्थित नेपाली दुताबासले पहल थालेको हो । दुतावासले चौधरी निर्दोष रहेको जिकिर गर्दै त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

कतारको अपराधसम्बन्धी तल्लो अदालतले अनिलले कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नायुमीको हत्या गरेको पुष्टि गर्दै मृत्युदण्डको फैसला सुनाएपछि त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरिएको दुतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले अनिलको पक्षबाट मुद्दा लड्न आवश्यक पर्ने रकम तत्काल कतार पठाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र श्रम मन्त्रालयलाई आग्रह गरेको छ । चौधरी कतारको एक कार कम्पनीमा साधारण मजदुरका रुपमा काम गरिरहेका थिए ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्