झापाका एक किशोरको मुखमा ४२ वटा दाँत (भिडियो सहित)


 


मानिसको मुखमा बढीमा ३२ वटा दाँत हुनुपर्ने हो । तर झापाका १५ वर्षीय किशोरको मुखमा भने ४२ वटा दाँत भेटिएको छ । काँकरभिट्टाका काब्य श्रेष्ठको ४२ वटा दाँत रहेको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा पुष्टी भएको हो । काँकरभिट्टाकै मेची मोडल एकाडेमीमा कक्षा १० मा अध्ययरत रहेका श्रेष्ठको दाँत धेरै भएका कारण प्रष्ट बोली आउँदैन । उनी त्यति बोल्न पनि रुचाउँदैनन् । ४२ वटा दाँत हुन्छ भन्दा आफूलाई पत्यार नलागेपनि उपचारको क्रममा पुष्टि हुँदा छक्क परेको आफन्तहरु बताउँछन् । अहिले तत्काल ४२ वटा दाँत भएपनि बोलीबाहेक अन्य केही समस्या नरहेको बताइएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्