यो होटलमा हनिमुन मनाउने जोडीले पाउँछन् १ करोड तर पूरा गर्नुपर्छ एउटा शर्त !


 


नयाँ जोडीलाई सुन्दर र सुविधासम्पन्न ठाउँमा हनिमुन मनाउन जाने चाहना हुन्छ तर सबैले यसरी जाने क्षमता राख्दैनन् । आर्थिक अभावका कारण चाहेजस्तो ठाउँमा हनिमुन मनाउन नपाउने जोडीका लागि निकै राम्रो अफर आएको छ । यो होटलको नयाँ अफर हेर्दा नेपालका पनि हरेक मध्यमवर्गीय जोडी यही होटलमा जाने चाहना राख्नेछन् ।

इजरायलको राजधानी जेरुसेलममा रहेको होटल येह्दा लभ जोडीहरुलाई निकै अनौठो अफर दिन्छ । यहाँ हनिमुन मनाउने जोडीहरुलाई १ करोड रुपैयाँ पुरस्कार दिइन्छ । यतिमात्र होइन उनीहरु होटलमा बस्दा लागेको सबै खर्च पनि माफ गरिन्छ । तर यसको लागि एउटा शर्त छ ।

होटलको शर्तअनुसार जोडीले पुरस्कार तब मात्र पाउँछन् जब तोकिएको दिनमा महिला गर्भवती हुन्छिन् । प्रमाणको लागि जोडीले मेडिकल रिपोर्ट पनि पेश गर्नुपर्छ । यो अफर हरेक ४ वर्षमा आउँछ । होटलले हरेक अधिकवर्षमा यो अफर राख्छ । अफरअनुसार जोडीहरु हरेक ४ वर्षमा आउने २९ फेब्रुअरीका दिन यो होटलमा आउँछन् र त्यहीँ बस्छन् । यदि महिला त्यही दिन गर्भवती भएमा होटलले पुरस्कार दिन्छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्