२४ घण्टादेखि बेपत्ता महिला अजिङ्गरको पेटमा ! यसरी निकालियो मृत शरीर


 


एजेन्सी
इन्डोनेसियामा २४ घण्टादेखि हराएकी एक महिला ६ फीट लामो अजिङ्गरको पेटमा फेला परेकी छन् ।

आफ्नो बारीमा रहेकी ५४ वर्षीया महिलालाई अजिङ्गरले गएको शनिबार निलेको थियो । महिला हराएपछि गाउँलेहरुले खोजतलास गर्दा अजिङ्गले महिलालाई निलिरहेको अवस्थामा फेला पारे ।

गाउँलेले अजिङ्गगरलाई मारेर पेट चिर्दै महिलालाई मृत निकालेको थियो । स्थानीय प्रहरीले पनि अजिङ्गगरेको पेट चिरेर मृत महिलालाई निकालेको पुष्टि गरेको छ ।

प्रकाशित मिति: ४ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्