विद्युत् चोरी गर्ने १६ जना पक्राउ



राजविराज, असार ८

जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत् हुकिङ गरिरहेका १६ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

पक्राउ परेका साथबाट एक थान विद्युत् मिटर, दुई थान पानी तान्ने मोटर र एउटा, टिभीलगायतका सामान बरामद गरिएको प्राधिकरणका प्रमुख साहले जानकारी दिनुभयो ।

पक्राउ परेका १६ जनासँग प्रत्येक व्यक्तिबाट विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ का दरले जरिवाना उपरअसुल गरेको विद्युत् प्राधिकरण सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News