विश्वकप हेर्ने क्रममा जनप्रतिनिधिले गरे चक्कु प्रहार



मोरङ, असार ८

मोरङको उर्लाबारी – ५ स्थित एरोमा होटलमा आज बिहान विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते भएका छन् ।

बिहान ३ बजे बिवाद हुँदा उर्लाबारी वडा नम्बर ६ का वडा सदस्य समेत रहेका अन्दाजी ४० वर्षिय सचिन शाक्यले तरकारी काट्ने चक्कुले प्रहार गर्दा सोही वडाका २७ वर्षिय बिशाल तामाङ घाईते भएका हुन् । घाईते तामाङको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भईरहेको छ । दुई जनाबीच के विषयमा बिवाद भएको भन्ने खुल्न सकेको छैन ।

चक्कु प्रहार गर्ने शाक्य फरार रहेका छन् । उनको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । घाईते तामाङ मोरङ – ११ बाट फुटवल खेल्ने गर्दछन् । चक्कु प्रहार गर्ने शाक्य तरुण दल मोरङको सचिव र उर्लाबारी जेसिजको अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News