खोलामा डुबेर एकको मृत्यु
दमक,असार ९
झापाको बैगुनधुरा र स्यालडाँगी जोड्ने कमल खोलामा डुबेर एकजना युवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको याङवरक–६ का २१ वर्षीय दिलीप गुरागाईं छन् ।
निर्माणाधीन पक्की पुलको रेखदेखमा खटिएका गुरागाइको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । रासस
प्रकाशित मिति: ९ असार २०७५, शनिबार
















