इलाममा बस दुर्घटना, १२ घाईते
इलाम, असार १०
मेची राजमार्गको कुटिडाँडा–जोरकलश सडकखण्ड अन्र्तगत इलामको रोङ गाँउपालिका–४ भालुझोडामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
गएराति इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ४७१७ नम्बरको बस अनियन्त्रित भइ सडकबाट अन्दाजी ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइतेहरुको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
घाइते हुनेमा भारतको नपतगञ्जका सारदादेवी सिंह, रोङ गाँउपालिका–४ का रञ्जिता लेप्चा, समीक्षा लेप्चा, मोरङ बुढीगंगा गाँउपालिका–२ का ममता सिंह, सोनीदेवी मण्डल, अन्जनीकुमारी मण्डल, पार्वती चौधरी, बद्री मण्डल, शिवकुमारी मण्डल, रामनारायण चौधरी, सुष्मा विश्वास, अनामिका माझी रहेका छन् । बसका चालक मोरङ कटहरी गाउँपालिका –१ का मुन्ना राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: १० असार २०७५, आइतबार
















