जनचाहना अनुसार बजेट आएको छः मुख्यमन्त्री राई



झापा असार १२

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई छिमेकी राष्ट्रसँग व्यापार विस्तार गर्न प्रदेश सरकार लागि परेको बताउनुभएको छ । झापाको भद्रपुरमा सोमबार समाजसेवी स्व देवीप्रसाद उप्रेतीको २६ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ को भारत र चीनसँग जोडिएको सीमा क्षेत्रमा थप व्यापारिक नाका विस्तारका लागि प्रदेश सकार लागेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शेरधन राईले भन्नुभयो, “आर्थिक समृद्धिका लागि नेपाली उत्पादन विदेश निर्यात गर्नु आवश्यक छ, त्यसका लागि मुख्य नाकासँगै अन्य नाका पनि स्थापना गर्नुपर्छ, प्रदेश सरकार अहिले त्यसको तयारीमा छ ।”

पूर्वमा चिया, अदुवा, अलैँची, अम्लिसोलगायत कृषिजन्य वस्तु उत्पादनमा जोड दिनुपर्ने बताउँदै उहाँले भारत, चीन, बंगलादेश, भुटानलगायत देशमा त्यस्ता उत्पादनलाई निर्यात गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, “त्यसका लागि अहिलेको नाका मात्र पर्याप्त छैन, नाका विस्तार जरुरी छ ।” जनताको चाहनाअनुसार बजेटमार्फत नीति तथा कार्यक्रम आएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा स्व उप्रेतीको नाममा स्थापित साहित्य, शिक्षा र पत्रकारिता विधामा तीन जनालाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा साहित्यकार होमनाथ अधिकारी, शिक्षासेवी उमानाथ ओली र पत्रकार तारामणि सापकोटा हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News