मलेसियाका एक सय ८४ कम्पनीले नेपाली कामदारका लागि निःशुल्क हवाई टिकट र भिषा दिने


 


मलेसिया, असोज ७

मलेसियाका एक सय ८४ कम्पनीले नेपाली कामदारका लागि निःशुल्क हवाई टिकट  र भिषा दिने भएका छन् । बुधबार दूतावासले एक विज्ञप्ती निकालेर मलेसियाका विभिन्न कम्पनीले फरक फरक क्षेत्रमा  ५ हजार ३ सय  ५३ नेपालीका लागि मागपत्र आह्वान गरेको जनाएको छ ।

दूतावासले  माग गरेका कम्पनीमा गएर निरीक्षण गरेर मात्र मागपत्र स्वीकृत दिने विज्ञप्तीमा उल्लेख छ ।  नेपाल सरकारले गएको असार २१ गते मलेसियासहितका ६ वटा खाडीका देशमा रोजगारदाताले  निःशुल्क भिषा र टिकटको व्यवस्था गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो ।

घोषणा भएको तीन महिना बितिसक्दा पनि अहिलेसम्म निःशुल्क भिषा र टिकटको निर्णय कार्यान्वयनमा नआएको गुनासो छ । मलेसिया जाने नेपालीले एक लाख ५० हजार रुपैयाँसम्म तिरेर जानुपरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति: ७ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्