मलेसियामा भएका श्रमिकहरुमा निराशा छायो, दिनदिनै नेपालीको संख्यामा गिरावट अाउँदै


 


माैसम राई

मलेशिया, असोज ८

साधारण योग्यता भएका नेपाली युवाहरुको रोजगारीका लागि आकर्षक गन्तब्य बन्दै गएको मलेसिया अब नेपाली श्रमिकहरुको लागी बितृष्णा बन्दै गएको छ । दिनानुदिन नेपालीहरु असुरक्षित अप्रिय कहालीलाग्दा घटनाहरु देखी हरेक कुराहरुमा नेपाली श्रमिकहरुलाई कठिनाई देखी दासी जीबन बिताउनु परेको छ ।

असुरक्षित जीबनको त्रासता त छदैछ नेपालमा मेनपावरले भनेजस्तो सेवासुबिधा तोकिए बमोजिम नभएपछि चुपचाप काम गर्न बाध्य छन् । प्रमुखत नेपाली मेनपावर एजेन्टहरुबाटै पुर्णरुपमा ठगिन पुग्दछन नेपाली कामदार ।

मलेशिया सरकारले अन्तराट्रिय मजदुरहरुको हितको लागी केहि सेवा सुबिधा  तोकिए पनि धेरै कम्पनीहरुको आफ्नै नियमहरु हुने गर्दछन् । त्यसको बिरुद्धमा न त नेपालीहरुले आवाज उठाउन सक्दछन न त कुनै कानुनी प्रक्रियामा उजुरी गर्ननै ।

सन २००९ सम्म मलेसियामा नेपाली श्रमिकहरुको संख्या सरदर ३ लाख थियो । उक्त समयमा मलेसिया सरकारले बिदेशी श्रमिकको लेभि शुल्क प्रतिमहिनाको तलबमा कटाैती गर्थ्यो ।

२००९ को अन्त्यतिर मलेसिया सरकारले लेभि फ्रि को घोषणा पश्चात नेपाली श्रमिकहरुको संख्या बढ्न थाल्यो । २०११ तिर मलेशियामा बिदेशी कामदारको तलब बढ्ने होहल्लाले झनै ब्यापकता लिएपछि झनै नेपाली युवाहरु आकर्षित बन्दै मलेशियाको बिदेशयात्रातिर लागे ।

त्यो बेलाको तथ्याङकले ६ लाख हाराहारीमा नेपाली श्रमिकहरु मलेशियामा रहेको पुष्टी ग-यो । २०१३ को जनवरीबाट सबै मलेशियामा रहेका कम्पनीहरुले बिदेशी कामदारको तलब बढायो तर यो बृद्धिले कामदारमा खासै उत्साह ल्याएन ।

यो प्रकारको तलब बृद्धी धेरै कम्पनीहरुमा अझैसम्म छदैछ । २६ दिन ८ घण्टाको बेसिक सेलरी मलेशिया रिङगेट ९०० तोकियो त्यसैबाट ओभरटाईमको पनि निर्धारण भयो तर त्यसैबाट फेरी प्रतिमहिना लेभि शुल्क होस्टेल पानीबिजुलीईत्यादी को शुल्कहरु मनामानी कम्पनीहरुले निर्धारण गरेर अन्तत कामदारले पाउने तलब सरदर पहिलेकै अनुपातमा पुरायो ।

यस्तै हरेक कुरामा कष्टपुर्ण प्रबास जीबन झेल्दै आएका मलेशियामा रहेका नेपाली श्रमिकहरुलाई अहिलेको मलेशियाको महंगी र मुद्रादरको गिरावटले झनै निरासा थपिदियो । केहि महिना अघिबाट मलेशिया सरकारले हरेक खुद्रा थोक सामाग्री सबैमा ६% मुल्य बृद्धी गरेपछि त्यसको प्रतिकारमा सरकार बिरुद्ध स्थानियबासीहरुलेनै पनि आन्दोलन गरेका थिए ।

मुल्यबृदीको प्रतक्ष प्रभाब यहाँ रहेका लाखाै नेपाली श्रमिकहरुलाई पनि छ । त्यस्तै अर्को बर्तामानको निराशा हो मलेशियाको मुद्रादरमा गिरावट हुनु ।

१ बर्ष पहिले खाडीमुलुकहरु साउदी, कतार दुबई भन्दा मलेशियाको मुद्रादर उच्च थियो भने हाल यी ३ देशकै भन्दा न्युन रहेको छ । गत बर्षको तथ्याङकमा मलेशिया मुद्रादर १ रिङगेटको नेपाली ३२ रुपैया सम्म पुग्यो भने अहिले १ रिङगेटको नेपाली २४ रुपैयामा झरेको छ ।

यसले आम मलेशियामा कार्यरत नेपाली श्रमिकहरु देखी हरेक क्षेत्रका ब्याबसायीहरुलाई मार्का परेको छ फलत:- हालसालै को मलेशियाको यस्तै हरेक समस्याले नेपालीहरुको संख्या घट्दै गएको छ । महिनाभरी काम गरेर कम्पनीबाट समेत उचित परिश्रामिक नपाउदाको पिडामाथी झनै महंगी र मुद्रादरको गिरावटले निरासा थपेपछि अन्तत मलेशियाबाट नेपाल फर्कनुनै बैकल्पिक पाटो बनेको छ ।

नेपाल सरकारले अन्य खाडिमुलुक लगायत मलेशियाको लागी पनि श्रमिक शुल्क नलाग्ने भनेर थप आकर्षण बनाएपनि मलेशिया नेपालीहरुको लागी बितृष्णा बन्न थालेको छ । त्यस्तै मलेशियामा रहेका नेपालीहरु कार्यरत लाखाै कम्पनीहरु मध्य केहि राम्रा कम्पनीहरुले भने कम्पनीबाट पाउने सेवा सुबिधा तलब राम्रै दिएको पनि पाईन्छ भने जुन यस्ता कम्पनीहरु छन तिनीहरुको टाउको गन्ननै सकिन्छ ।

मतलब मलेशियामा धेरै कम्पनीहरुनै बिदेशी मजदुरहरुका निम्ती राम्रा छैनन भन्ने प्रष्ट बुझिन्छ । यसरी हरेक कुराहरुमा असुरक्षित प्रबास जीवन देखी यी सबै कुराहरुको समस्या बढेपछि मलेशियामा कार्यरत नेपाली श्रमिकहरुमा निराशा बनी बस्न बाध्य छन भने आफूले सोचेजस्तो सम्भबिय सपनाहरु समेत चकनाचुर हुदा निरासी बनेरै आफ्नो देश फर्कने युवाहरुको सख्यापनि बढ्दो छ ।

प्रकाशित मिति: ८ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्