तपाईको “ब्लड प्रेसर हाई” छ ? त्यसो भए यसो गर्नुस् है



रक्तचाप १४० र ९० भन्दा माथि निरन्तर रहेमा त्यसलाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचाप आफौमा रोग त होइन, तर यसले अन्य रोगलाई जटिल बनाउाछ ।

तर, जीवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ ।

उच्च रक्तचापबाट बच्ने केही उपाय :

मोटोपना धेरै रोगको कारण हो । मोटोपनाले उच्च रक्तचाप, हृदय रोगलगायत विभिन्न खाले जोखिम बढाउँछ । थोरै मोटोपना घटाउँदा पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ ।

धूम्रपान उच्च रक्तचापको मुख्य कारक तत्त्व हो । चुरोटमा भएको निकोटिनले शरीरका ग्रन्थिलाई उत्तेजित गर्छ, जसका कारण एड्रिनलिन हर्मोनको उत्पादन बढ्छ । यसका कारण मुटुको धड्कन तीव्र बन्दै जान्छ ।

नियमित रूपमा हिँड्नु, दौडनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दौडँदा रगतले अक्सिजन लिने दरमा वृद्धि हुन्छ, जसका कारण रक्तचाप सन्तुलन गर्न सघाउ पुग्छ । यसबाट मुटु सक्रिय हुन्छ, रगत पम्प गर्ने प्रक्रिया सहज हुन्छ । त्यसो हुँदा रक्तनलीहरूमा दबाब कम पर्छ ।

उच्च रक्तचापका समस्या भएकालाई महीको सेवन निकै फाइदाजनक हुन्छ । दिनको एक कप मही खाने हो भने उच्च रक्तचापको जोखिम एकतिहाइले घट्ने बताइन्छ ।

महीमा पाइने क्याल्सियमले रक्तनलीलाई बलियो तथा लचकदार बनाउने हुँदा रक्तनलीको सहज फैलावटका कारण दबाब कम भई रक्तचाप नियन्त्रित हुन्छ ।

केरामा प्रशस्त पोटासियम लवण पाइन्छ । पोटासियमले शरीरमा तरल पदार्थको सन्तुलनलाई कायम राख्दछ, जसका कारण रक्तचाप नियन्त्रित हुन्छ ।

अधिक नुनले रक्तचाप बढउँछ । नुन रगतमा सजिलै घोलिने भएकाले रक्तनलीमा रगतको मात्रा तथा चाप बढ्न जान्छ । फास्टफुडले पनि उच्च रक्तचाप बढाउने भएकाले त्यसको सेवन पनि कम गर्नुपर्छ ।

व्यस्त जीवनशैली तथा कामको धपेडीले रक्तचाप बढाउँछ । हप्तामा ४० घन्टा काम गर्दा शरीरको रक्तचाप १४ प्रतिशतले बढ्छ । तसर्थ, कामको चाप घटाउनुपर्छ ।

सुतेका वेला घुर्ने बानी छ भने सावधानी हुनुपर्छ । त्यस्तै उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ ।

बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ । कफीमा हुने क्याफाइन तत्त्वले रक्तनलीलाई दरिलो बनाउने र त्यसले रक्तचाप बढाउने बताइन्छ । अत: कफी कम गर्नुपर्छ ।

नियमित रूपमा लौका, गाँजर र गान्टेमुलाको जुस सेवन गर्दा रक्तचाप सन्तुलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News