झापामा ‘हात्ती कोरिडर’ बनाउन शुरु


 


–चन्द्रकला भण्डारी
भद्रपुर,  साउन १७

मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ । झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो ।
हात्ती कोरिडर बनेपछि जङ्गली हात्तीले मानव वस्तीमा पसेर पहिलेजस्तो जनधनको क्षति नपु¥याउने आशा गरिएको छ । यसबाट त्यस भेगको जैविक विविधताको संरक्षण समेत हुनेछ ।

हात्ती कोरिडर निर्माणका लागि आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारले रु ६ करोड बजेट विनियोजन गरेको छ । आव २०७४/७५ मा यही परियोजनाका लागि सरकारले निकासा गरेको रु २ करोड बजेट भने खर्च हुन नसकेर फ्रिज भएको थियो ।
सरकारले हात्ती नियन्त्रणका लागि बजेट र लाभान्वित क्षेत्रका दृष्टिले अहिलेसम्म सञ्चालन गरेको सबैभन्दा ठूलो परियोजना नै ‘हात्ती कोरिडर’ हो ।

यसअघि झापामा हात्तीबाट हुने क्षति रोक्न बाहुनडाँगीमा सौर्य घेराबेरा, सुरुङ बार, टुङ निर्माण लगायतका परियोजना सञ्चालन भइसकेका छन् ।

जिल्ला वन कार्यालय झापाका प्रमुख वन अधिकृत बोधराज सुवेदीका अनुसार २०६८ साल यता जङ्गली हात्तीको आक्रमणमा झापामा ३५ जनाले ज्यान गुमाइसकेका छन् र आक्रमणकारी नौ वटा हात्ती मारिएका छन् । रासस

प्रकाशित मिति: १७ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्