प्रशासकीय अधिकृत वस्तीको विदाई



मोरङ, साउन १७

मोरङको उर्लाबारी नगरपालिकाका प्रशासकीय अधिकृत रविन्द्रप्रसाद वस्तीको आज विदाई गरिएको छ । जिल्ला समन्वय समिति मोरङमा सरुवा भएकोले वस्तीलाई नगरपालिकाले एक कार्यक्रमका बीच विदाई गरेको हो ।

गौरादह नगरपालिकाबाट सरुवा भएर उहाँ २०७४ कात्तिक २७ गते उर्लाबारी नगरपालिका आउनुभएको थियो । विदाई कार्यक्रममा नगर प्रमुख खड्ग फागोले वस्तीको सीप र कार्यक्षमतालाई नगरपालिकाले सदुपयोग गरेको उल्लेख गर्नुभयो । नगर प्रमुख फागोले वस्ती मिजासिलो र कुशल कर्मचारी भएको बताउनुभयो ।

नगरकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले समेत वस्तीको प्रशंसा गर्नुभयो । नगरपालिकाका नायब सुब्बा भरत अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News