पहिरोमा परेर मृत्यु हुने संख्या ५६ पुग्यो


 


Pahiroएजेन्सी, असोज १७

दक्षिण अमेरिकी देश ग्वाटेमालाको पूर्वी सहर एल काम्ब्रे डोसमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्युहुनेको संख्या ५६ पुगेको छ ।  सरकारी अधिकारीहरुले पहिरोमा परि अझै ३५० भन्दा बढी मानिसहरु हराईरहेको जानकारी दिएका छन् ।

शुक्रबार रातको समयमा पहिरो जाँदा सुतिरहेका मानिस बगेर बेपत्ता भएका हुन् । ग्वाटेमालको राजधानीबाट १५ किलोमिटर टाढाको क्षेत्रमा पहिरो गएको हो । पहिरोमा पुरिएकामध्ये जीवित रहेका केहीले भने आफ्ना आफन्तलाई फोन र मेसेज पठाएर सम्पर्क गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षा जारी रहेकाले खोज र उद्धार प्रभावित भएको बताइएको छ । उद्धार कर्ताहरुले २६ जनालाई पहिरोमा जिवितै उद्धार गरिएको जनाएका छन् । पहिरोमा परि मृत्यु भएकाहरुको दाहसंस्कार गर्न समिेत सुरु गरिएको छ ।  गाउँ नजिकै रेहेक बन रहेको डाडो पुरै बस्तिमा खसेको थियो ।

प्रकाशित मिति: १७ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्