प्रेमीका नभेटेपछि जस्ले यसरी आफ्नै गुप्ताङ्ग काटे


 


चीनमा समय-समयमा यस्ता अनौठा घटनाहरू सार्वजनिक हुने गर्छन् जुन हामी सहजै विश्वास गर्नन सक्दैनौ । यस्तै, एक अनौठो घटना सामुन्ने आएको छ । एक मानिसले एक्लै भएको दुःखमा आफ्नो गुप्ताङ्ग नै काटिदिएका छन् ।

जब दुखाई धेरै भयो तब उनी साइकल चलाएर उपचारका लागि अस्पताल पुगेका थिए । २६ वर्षका वांग हुलाई पहिले त चिकित्सकहरुले गुप्ताङ्गमा रक्तसञ्चार बन्द भएकाले काटिएको भाग जोड्न नसकिने बताएका थिए ।

तर पछि चिकित्सकहरूले उपाचार सुरू गरेपछि हूले आफूले काटेको भाग त घरमा नै छाडेर आएका थिए । हु लाई घर पुगेर उक्त काटिएको बाग ल्याउन भनिएपछि उनी साइकल चलाएर घरमा पुगेर काटिएको भाग बोकेर साइकलमा नै अस्पताल आएका थिए ।

उनको उपचार त भयो तर, गुप्ताङ्ग भने फिर्ता पाउन सकेनन् । हू का साथीका अनुसार उनी निकै दुःखी थिए किनकी शहरमा आएपछि पनि उनले कुनै प्रेमिका भेटेका थिएनन् ।

उनी कपडा फ्याक्ट्रीमा काम गर्थे र उनी आफूले धेरै काम गर्ने र यसकै कारण कुनै पनि युवतीसँग भेट्ने घुम्ने फुर्सद नपाएको सोच्ने गर्थे । यसै कारण उनी निकै तनावमा आएर गुप्ताङ्ग काटेका हुन् ।

उनलाई अब सउलाई गुप्ताङ्गको कुनै काम नभएको जस्तो लागेपछि काटिदिएको उनका साथीको भनाई रहेको सञ्चारमाध्मयहरूले जनाएका छन् ।

यस्तै, गुप्ताङ्ग काटेपछि कुनै पनि बेला युवतीको सम्झना नआउने भएकाले पनि उनले यस्तो कदम चालेको हुन सक्ने बताइएको छ । एजेन्सी

प्रकाशित मिति: १७ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्