नेपाल र मलेसियाबीचको खेल बराबरी


 


काठमाडौँ, असोज ७

एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणकौ अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदान आज भएको खेलमा नेपालले मलेसियासँग ४–४ गोलको बराबरी खेल्दै अङ्क बाडेको हो । नेपालका लागि कप्तान प्रिती राई, सुष्मा तामाङ र सबिता रानामगरले एक एक गोल गरिन् ।

त्यस्तै थप एक गोल भने मलेसियाले नेपालको लागि आत्मघाती गोल गरेको थियो ।  यता मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गरिन भने विटी तामिङ र नरुल नबिलाले एक गोल थपिन् ।

समूह ‘इ’ बाट यसअघि नै बाहिरिसकेका नेपाल र मलेसियाले एक एक अङ्क जोडेर प्रतियोगिता सकाए । अघिल्ला दुई खेलमा दुवै टोलीले पराजय भोगेका थिए । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग चार शून्य गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११ –१ ले पराजित भएको थियो ।

यता मलेसिया भने पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो । आजै भएको समूह चरणको अन्तिम खेलमा म्यानमारले फिलिपिन्सलाई ५–१ गौलअन्तरले पराजित गर्दै समूह इ को उपाधि जितेको थियो । रासस

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्