शिक्षक परीक्षा दिन गएपछि भोजपुरमा स्थानीयवासीबाट पठनपाठन


 


भोजपुर, असोज  १२

भोजपुर, अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन् ।

चौध शिक्षकको दरबन्दी रहेको विद्यालयका प्रधानाध्यापकसहित ६ शिक्षक परीक्षा दिन धनकुटा गए पनि व्यवस्थापनले नियमित पठनपाठन गराएको छ । मावि तहका शिक्षक परीक्षा दिन गएसंँगै गत आइतबारदेखि पूर्वप्रधानाध्यापकलगायत अन्य पाँच जनाले गणित र विज्ञानबाहेक सम्पूर्ण कक्षा नियमित रुपमा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद आचार्यले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्