ए डिभिजन लिग : संकटा र सरस्वती क्लब भिड्दै


 


काठमाण्डौँ, असोज १४

शहीद स्मारक ए डिभिजन लिगमा आज संकटा क्लब र सरस्वती क्लबवीच खेल हुँदैछ ।  दिउँसो तीन बजे सुरु हुने लिगको दोश्रो खेलमा संकटा र सरस्वती भिड्न लागेका हुन् । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने छ ।

पाँच वर्षपछि पहिलो पटक भएको शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा हिजो त्रिभूवन आर्मी क्लब र न्यू रोड टिम एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । लिगको विजेताले ५० लाख जित्नेछ भने उपविजेताले ३५ लाख हात पार्नेछ ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्