मेरो सर्टिफिकेटको मुल्य कति हो ?



अरे यार तिमी ?
हो यार, म । बनेपा बसपार्कमै भेटियो धनकुमारलाई । धेरै पछिको जम्काभेट, लगभग सात वर्षपछि । हातमा मोटो चाँदीको ब्रासलेट, गलामा सुनको मोटै सिक्री लगाएको उ झन्डै, चिन्नै गा¥हो हुने भएछ । दश वर्षअघि एसएलसी छोडेरै भागेको थियो गाडिमा ढोका ढक्ढक्याउन । कुरैकुरामा गाडिमा सहचालक हुँदादेखि गुरूजी र आफ्नो समेत लगानी रहेको बस चलाउनुसम्मको फेरिहस्त आयो । वनेपामै किनेको जग्गादेखि विहेपछिको जिम्मेवारी सवै कुशल रहेकोसम्म कुरा भयो । तर अन्त्यमा आफूलाई नपढेकोमा पछुतो र कहिलेकाहीँ पोल्ने बतायो र भन्यो अव,

म योभन्दा माथि पुग्ने पद कुनै छ र?

तिमीसँग त पढाई छ यार १ धेरै पढेको छौ ।

खरिदार, सुव्वा, अधिकृत, सचिव।। धेरै ठूलो बन्न सक्छौ ।

मैले खिसिक्क हाँस्दै भनेँ, पढेर मात्रै के गर्नु केही गर्नसक्या होईन । त्यो खिसिक्क हाँसोले आफैंलाई कुरिकुरी गरेजस्तो लाग्यो । त्यतिकैमा उसको गाडीको पालो आयो । सहचालक भाई उसकै केही वर्षअघिको पोजिसनमा आईसकेको थियो । जाउँ जाउँ गुरूजीको संकेत पाएपछि स्टार्ट गरेको गाडि विदाईका हात हल्लाउँदै अगाडि बढ्यो बीपी हाईवेतर्फ, आफ्नै रफ्तारमा ‘।

अहिलेको शिक्षा राज्यको लक्ष्य एकातिर छ, विद्यार्थीको क्षमता अर्कोतिर, अनि अभिभावकको सपना अर्कै छ । यसले भविष्यका लागी आवश्यक सिप मापन गर्नेसक्ने औकात राख्दैन । यसबारे राज्य असाध्यै जानकार छ तर व्यवस्थापन र जवाफदेहिता देखिँदैन जसले गर्दा वर्तमानका पुस्ताको आवश्यकता र भविष्यका लागी आवश्यक वैज्ञानिक र व्यवहारिक शिक्षाको मागलाई पुरा गर्न नसक्दा शिक्षित, अशिक्षित सवैलाई एउटै टोकरीमा राखिन्छ र फ्रि भिसा र फ्रि टिकटको नाममा सस्तो मुल्यमा खाडिमा वेचिन्छ ।

म पनि आफ्नै गन्तव्यको गाडिमा गृहप्रस्थान गरें । घरमा पुगेपछि, बेलुकीको पारिवारिक वसाईमा सवै गन्थनमन्थन भए । पल्लाघरे उमेशको कुरा आयो बिचमा, उसले आठ लाख पठाईसक्यो रे घरमा टिभी, पंखा पनि जोडिएछ । घर पनि जस्ताको छानो र सिमेन्टीले प्लास्टर गरिसकेछन । घर बलियो र व्यवस्थित हुँदै गएछ । यता आफ्नोमा झिँगटी फुटेर पानी चुहिँदै ढल्ने वेलाको छ । पानी रसाउने प्वालैपिच्छे भाँडा थाप्नुबाहेक विकल्प थिएन धेरै समयसम्म पनि । ‘प्लस टु’ को पढाई बीचमै छाडेर तीन महिने होटल तालिम लिएर दुवई हानिएको पनि ३ वर्ष नाघेछ । भिसा थपेर बसेको छ उ, कहिले काहीँ सामाजिक सञ्जालमा भेटिँदा सोध्छ ।

कति पढ्दैछौ ??

मैले मास्टर जोईन गरेँ भन्दा, भन्थ्यो– मैले नी नछोडेको भएसँगै भईन्थ्यो । पढाई त चाहिँदो रैछ यार, भन्छ । विदेशको दुःख नी देखाँउछ । पढ यार, पढाईमा छ सव भन्छ । म भन्छु, त्यही पढाईमा केही नदेखेर विदेशिएको तिमीले के देख्यौ फेरि रु

यी वास्तविक भोगाईहरू हुन् । जुन साथीहरू पढाईलाई लत्याएर जिवन जिउने बाटोमा केही हदसम्म अगाडि बढेका थिए उनीहरूलाई पढाई पर्याप्त नहुनुले पोल्दो रैछ । तर त्यही पढाईको प्रमाणपत्र हुनुले मलाई पोल्छ । कैले,सरस्वती र लक्ष्मी एकै ठाउँमा हुन सक्दैनन भन्ने बावुवाजेको भनाई याद आँउछ । के यहीबाट त प्रेरित छैन हाम्रो शिक्षा रु

समग्र शिक्षा पद्धतिलाई विश्लेषण गरेर हेर्ने हो भने जीन्दगिसँग पढाईलाई जोडिएको पाईंदैन । विश्व भूमण्डलीकरणको यो युगमा शिक्षाको अर्थ धार्मिक ग्रन्थ जतिसक्दो छिटो भट्याउन सक्यो त्यती जान्ने भन्ने हुँदैन । व्यवहारसँग जोडिने र गरेर खानसक्ने हुनुपर्दछ ।

यो आम नेपालीको जीन्दगीसँग प्रत्यक्ष जोडिएको सवाल हो । विश्वविद्यालयबाट प्रमाणपत्र वोकेर निस्कँदा भविष्य डढीसकेको हुन्छ । हातमा प्रमाणपत्र त छ तर शून्य शीप र पढाईसकीपछिको प्रस्तुतीकरणको अभाव देखिन्छ । यसबाट ठूलो क्षेत्रफल ओगटेका विश्वविद्यालयहरू वेरोजगार उत्पादनको कारखाना मात्र बन्न सके । विशेषतः दुई प्रकारका शिक्षा दिईने नेपालमा प्राविधिकतर्फकाले त पर्याप्त रोजगारी पाउन सकेका छैनन् भने साधारण शिक्षा प्राप्त गर्नेहरूलाई झनै मुस्किल छ । आज यी शैक्षिक जनशक्ति रोजगारी, लोकसेवाको नागवेली लाईन, मेनपावर र अन्तमा एउटा गीतले भनेझैं ‘पासपोर्ट हल्लाई हल्लाई ‘त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा श्रमिकको रूपमा विदेशिन वाध्यात्मक लाईनमा लामबद्ध छन् । थुप्रिएका छन् पुर्पुरोमा हात लगाएर, पढाईलाई धिक्कारेर १

यस्तै हुन्छ भने सरकार, जवाफ चाहियो ‘जीवनका उर्वर समय खर्चेर पाएको उपयोगिहीन मेरो सर्टिफिकेटको मुल्य कति हो ?

प्रत्येक राजनीतिक क्रान्तिमा विद्यार्थीवर्गको भूमिका सदैव उल्लेखनीय छ । र त्यसबाट अपेक्षा गरिएको आर्थिक, सामाजिक परिवर्तन संस्थागत गर्न नसक्नाले शिक्षाबाट राखिएको क्रान्तिकारी अपेक्षा कहिल्यै पुरा हुन सकेन । राजनीतिक अभिष्ठ पुरा र विद्यार्थीको जिवनलाई वर्वादी मात्र गरियो । यसरी पाएका सट्रिफिकेट बोकेर जागिर माग्दा दसौं जोर जुत्ताका तलुवा खिईसके, भविष्यदेखि अत्तालिएर कयौंले स्वाट्ट नशा पिईसके । यसको क्षतिपूर्ति के होला?

आज राज्यले उद्देश्यअनुरूप तयार पारेको पाठ्यक्रम पढेर र मुल्यांकनका चरण पार गरेर तिमी सक्षम भयौ भन्दै वैधानिक छाप लगाएर प्रमाणित गरेर दिएको आधिकारिक प्रमाणपत्रले भन्दा विदेशिनका लागि हिब्रु, अरवी, कोरियन भाषाको अनिवार्य कोर्स पुरा गर्नैपर्छ र त्यसका लागी आवश्यक कागजातको पूर्ति मात्र हाम्रो प्रमाणपत्रले गर्ने हो रु

समयसँगै बौध्दिक गुणस्तरमा आउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी र हाम्रै बजारको मागअनुसारको शैक्षिक जनशक्तिको उत्पादनमा तालमेल पनि मिल्न सकेको देखिँदैन ।

अहिलेको शिक्षा राज्यको लक्ष्य एकातिर छ, विद्यार्थीको क्षमता अर्कोतिर, अनि अभिभावकको सपना अर्कै छ । यसले भविष्यका लागी आवश्यक सिप मापन गर्नेसक्ने औकात राख्दैन । यसबारे राज्य असाध्यै जानकार छ तर व्यवस्थापन र जवाफदेहिता देखिँदैन जसले गर्दा वर्तमानका पुस्ताको आवश्यकता र भविष्यका लागी आवश्यक वैज्ञानिक र व्यवहारिक शिक्षाको मागलाई पुरा गर्न नसक्दा शिक्षित, अशिक्षित सवैलाई एउटै टोकरीमा राखिन्छ र फ्रि भिसा र फ्रि टिकटको नाममा सस्तो मुल्यमा खाडिमा वेचिन्छ ।

आज तीन महिनाको तालिमले उमेशले आफ्नो बाटो वनाउन सक्यो । केही वर्षको अनुभव र भोगाईले सहचालकबाट, चालक, मालिक हुँदै धनकुमारले जीन्दगी चलाउन सक्यो । तर मजस्ता पढाईमा केही छ भन्नेका लागि पढाई र कामलाई समय संयोजन गरेर शहरका डेरामा जिन्दगी घिसार्नका लागी कहाँ छ भविष्य रु सक्रिय जिन्दगी लगभग ५० वर्षको आधा उर्वर समय र स्रोत खर्चनेको भविष्य अन्ततः शुन्य हुन्छ । त्यतिवेला भोको पेट घोकेको पढाईका कुनै पनि फर्मुला र सिद्धान्तले भर्न सक्दैन ।

काठमाडौ फिर्नै लाग्दा सुनें, शहरमा मेरो पनि सर्टिफिकेटको मुल्य तोक्ने होडवाजी चलेछ । ‘रोजगारी र समृद्धिका लागि आर्थिक अभियान नामक स्वतन्त्र अभियान’ र त्यसपछि सत्ताधारी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले फरक फरक मुल्य राखेर रोजगार दिनुपर्ने, त्यसो नभए प्रमाणपत्र धितो राखेर स्वरोजगार हुने अवस्था सिर्जना गर्नुपर्ने, त्यो पनि नसके बेरोजगार भत्ताको व्यवस्थाको माग राखिएको रहेछ जुन आम विद्यार्थीको माग हो । यसमा कुनै भाईरसले काम नगरे त हो, नत्र ‘ ।

प्रत्येक राजनीतिक पार्टी एमाले, माओवादी, कांग्रेस, नयाँ शक्तिको ‘मेड इन नेपाल सेल ईन इन्डिया’ अनेरास्ववियु जस्ता विद्यार्थी संगठनहरू, ‘रोजगारी र समृद्धिका लागि आर्थिक अभियान नामक स्वतन्त्र अभियान’ लगायतको उद्देश्य आर्थिक क्रान्तिको अभियानमार्फत् बेरोजगारी र गरिवी निवारण गरी सम्मृद्ध नेपाल निर्माण गर्नु नै हुन् । तर सव नारामा मात्र सिमित छन् । अब यी सवलाई समेटेर वातावरण वनाउनु आवश्यक छ । बन्द कलकारखाना खुलाउनु र औद्योगिक वातावरण निर्माण गर्नु र स्वदेशमै जल, जमिन जडीवूटी जस्ता स्रोतको उपयोगबाट स्वदेशमै रोजगारी सिर्जना गरियोस् । दीर्घकालिन लक्ष्य र योजना बनाएर कार्यान्वयन गरियोस् । सम्भावनाको उत्खनन् यतै गरियोस् ।

त्यो पनि तत्काल सम्भव नभए स्पष्ट लक्ष्य तोकोस् राज्यले– ‘देश रेमिट्यान्सयले चलाउने हो या युवाशक्तिले रु’ र विदेसै पठाउँदा पनि दक्ष जनशक्ति पठाउने व्यवस्था होस् र त्यता सिकेको शीप यता उपयोग हुनसक्ने गरी पाठ्यक्रम परिवर्तन गरी हिब्रु, अरवी, कोरियन भाषाको अनिवार्य कोर्स राखियोस् ।

अन्यथा यो प्रश्न सम्पूर्ण शिक्षित जनशक्तिको हो । यस्तै हुन्छ भने सरकार, जवाफ चाहियो ‘जीवनका उर्वर समय खर्चेर पाएको उपयोगिहीन मेरो सर्टिफिकेटको मुल्य कति हो ?

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News