कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता


 


काठमाडौं असोज १८

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ ।

उहाँका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ । अहिले विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेको छ । कुनै प्राविधिक समस्या आएन भने तीन दिन भित्रमा नतिजा प्रकाशन गर्ने उहाँले बताउनुभयो ।

यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । ती मध्ये कति जनाले परीक्षा दिए भन्ने तथ्यांक निकाल्नै बाँकी रहेको बोर्डको भनाइ छ । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो ।

प्रकाशित मिति: १८ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्