राधिका माविमा बृहत पुनर्मिलन एवम् सम्मान हुने


 


उर्लाबारी (मोरङ), असोज २२

मोरङको उर्लाबारी – ६ मा अवस्थित राधिका माविबाट एसएलसी एवम् एसईई परीक्षा पास गरेर विभिन्न स्थानमा रहेका पुर्व विद्यार्थीहरुको बृहत पुनर्मिलन एवं सम्मान हुने भएको छ ।

बडादशै को अबसरमा असोज ३० गते फुलपातीका दिन कार्यक्रम गरिने तय भएको पुर्व विद्यार्थी मञ्चका अध्यक्ष पर्तमान धिमालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कार्यक्रममा पुर्व ब्यबस्थापन समितिका अध्यक्ष , एमडि र पिएचडि गर्ने विद्यार्थीलाई सम्मान गरिने समेत तय भएको छ । समाजको भेलाले सो कार्यक्रम गर्ने तय गरेको र यसलाई भब्य बनाउन आबश्यक विभिन्न उपसमितिहरु निर्माण गरी तयारी गरिएको मञ्चका सल्लाहकार बिजय कार्कीले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलका अनुसार विद्यालयको स्वर्ण महोत्सव बर्ष समेत रहेकाले पुर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रमलाई भब्य बनाउनका लागि सबैलाई अनुरोध समेत गर्नु भएको छ । प्रअ पोख्रेलका अनुसार स्वर्ण महोत्सवलाई लक्षित गरेर मुल समिति र दर्जन बढी उपसमि िहरुको निर्माण गरि विभिन्न कार्यक्रम हरुको तयारी समेत सुरु गरिएको छ ।

पत्रकार भेटघाटमा पुर्व विद्यार्थी मञ्चका सल्लाहकार बिजय कार्की , पुर्व विद्यार्थी बिदुर कार्की, पुर्ण वाईवा ,राजेन्द्र कार्की लगायतले कार्यक्रम लाई भब्य बनाउनका लागि सहभागिताको अनुरोध गर्नुभएको थियो ।

प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्