भोजपुरमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु



भोजपुर, असोज २६

खसेर भोजपुर, टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को२त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्र्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News