भोजपुरमा प्रदेशस्तरका दुई कार्यालय स्थापना



भोजपुर, असोज २८

प्रदेश नं १ का प्रदेशस्तरीय दुई कार्यालय आज भोजपुरमा स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा पूर्वाधार विकास कार्यालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्दैे जिल्लाको विकासमा टेवा पुर्याउने उद्देश्यले अन्य जिल्लाको समेत काम गर्ने गरी कार्यालय स्थापना गरिएको बताउनुभयो ।

पूर्वाधार विकास कार्यालयअन्तर्गत करीब रु ४० करोड बराबर एवं जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयअन्तर्गत रु साढे ११ करोडको कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News