आज दशैँको छैठौँ दिन, कात्यायनीदेवीको पूजा गरिँदै


 


काठमाडौ, असोज २९

आज वडा दशैँको छैठौँ दिन घटस्थापनाका दिन पूजा कोठामा स्थापना गरिएको नवदुर्गा भवानीमध्येकी छैठौंँ देवी कात्यायनीदेवीको पूजा आराधना गरी मनाइदै छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा–आराधना गर्ने क्रममा आज देवी कात्यायनीकोपूजा आराधना गरिएको हो ।

आजको दिन देवी कात्यायनीमाताको पूजा अर्चनासहित देवी दुर्गाको पूजा अर्चनागरे आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास सहित उपत्यकाका शक्तिपीठ गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, दक्षिणकालीलगायत स्थानमा भक्तजनको ठूलो भीड लाग्ने गरेको पाइन्छ ।

दशैँका लागि भोलीदेखी सार्वजनिक बिदा हुने भएकाले बैँक, बित्तिय संस्था, बजार पसल लगायतमा आज ठुलो भिड लाग्ने गर्दछ । भोली फुलपाती रहेको छ भने दशैँको टिका कात्तिक २ गते रहेको छ ।

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्