मानव अधिकार आयोग चाडपर्वमा पनि खुल्ला


 


काठमाडौँ, असोज २९

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार तथा छठ विदाका दिनमा पनि खुल्ने भएका छन् ।
दशैं तिहार र छठको विदामा दिउँसो ११ देखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेद भट्टराईले जानकारी दिनुभयो ।

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

विदाको दिनमा पनि आयोगले कार्यालय खोली मानव अधिकार उल्लंघन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमन समेत गर्ने सचिव भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्