झापाका अधिकांश मासु पसल लथालिङ्ग


 


झापा, असोज ३०

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा खुलेका अधिकांस मासु पसल लथालिङ्ग अवस्थामा चलेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिले गरेको अनुगमनका क्रममा मासु पसलको अवस्था नाजुग भएको फेला परेको हो ।

उपभोक्ताको भिड लाग्ने र व्यस्त बजारमा गरिएको अनुगमनका क्रममा मूल्य सूची नभएको, फोहोर र झिंगा भन्किएको अवस्थामा माछा, मासु बिक्री भइरहेको भेटिएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताउनुभयो ।

टोलीले बजार क्षेत्रमा बढी उपभोत्ता आवत जावत हुने स्थानमा रहेका होटलको पनि अनुगमन गरेको छ । होटलमा पनि बासी मासु फ्रिजमा राखेर बिक्री गर्ने गरिएको पाइएको, किचन सफा नभएको भेटिएको छ ।

अनुगमनको कार्यविधि बनाएर उपभोक्ताको स्वास्थ्यमा असर पार्ने सामान बिक्रीवितरण गर्नेलाई कारबाही गर्ने बिर्तामोड नगरपालिकाका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३० आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्