दुर्गाका प्रतिमामा आज आँखाको नानी थपिने



जनकपुरधाम, असोज ३०

मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ ।

मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ । प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ ।

यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ । यसअन्तर्गत बेलका रुखको एउटै हाँगाको फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ ।

सो विधिका लागि तय गरिएको बेलको रुखतिर बाजागाजाका साथ श्रद्धालु गीतनाद भजन गाउँदै पुग्ने गर्छन् । सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ ।

शिव, पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रणा दिइएको हतियारबाट एक्कै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ ।

पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखिन्छ र सोही बेलको डाँठबाट दुर्गाको आँखाको नानी थपिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News