धरानमा आगलागी, रु १५ करोडको क्षति


 


सुनसरी, कात्तिक २

धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको सूर्य कत्था उद्योगमा गएराति आगलागी भएको छ ।  उद्योगको गोदाममा आगलागी हुँदा निर्यात गर्न तयारी अवस्थाको राखिएको कत्था र कच जलेर नष्ट भएको छ ।

आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । क्षतिको विवरण संकलन भइनसकेको प्रहरीको भनाइ छ । उद्योग सञ्चालक रोशन सोनीका अनुसार कम्तीमा रु १५ करोड बराबरको क्षति भएको छ ।

सो उद्योगमा खयरको काठलाई प्रशोधन गरेर कत्था उत्पादन गरिन्छ । प्रहरीका अनुसार तयारी अवस्थाको कत्था दुई हजार ५०० कार्टुन र तीन हजार पेटी कच जलेर नष्ट भएको छ । आगो धरान, इटहरी र सुन्दर हरैंचाको पाँच वटा दमकल र जनपद, सशस्त्र र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति: २ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्