सप्तरीमा एकल महिलाको हत्या



सप्तरी, कात्तिक २

सप्तरीमा आज एकजना एकल महिलाको हत्या भएको छ । राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा आज बिहान उनको शव फेला परेको हो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ ।

रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News