बालगृहमा नगर प्रमुखले टीका लगाउँदा…


 


उर्लाबारी, कात्तिक २

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि आज विजयादशमी मनाएका छन् ।गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिनुभयो ।

गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताउनुभयो । विसं २०५९ सालमा स्थापना भएको सो गृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्