आज पनि टीका लगाउने क्रम जारी, सरकारी कार्यालय खुल्दै


 


काठमाण्डौँ, कात्तिक ४

मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आज पनि जारी छ । टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो देखिएको छ ।

अर्काेतिर आजदेखि नै सरकारी कार्यालय खुल्ने भएकाले काठमाडौँ फर्किनेको घुइँचो पनि त्यतिकै छ । काठमाडौं उपत्यकामा यातायातका साधन पर्याप्त नचलेकाले टीका लगाउन जाने र लगाएर फर्किनेलाई समस्या भएको छ ।

नवरात्रभर नवदुर्गाको पूजा आराधना गर्ने र विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा मान्यजनको हातबाट थाप्ने परम्परा छ । घरमा टीका थापेपछि अन्यत्र टीका थाप्न जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ । नेपालकै केही भागमा भने विजयादशमीका दिन मात्र टीका लगाउने चलन छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्