समस्यामा दुर्गमका भुकम्पपीडित



भोजपुर जेठ १०

भोजपुर सदरमुकामबाट २ दिनको पैदल टाढा पर्ने दुर्गम गाविसका सँयौं भुकम्प पीडितहरुको दिनचर्या जटिल बन्दै गइरहेको छ । बैशाख १२ र २९ गतेको भुकम्पबाट भोजपुरका उत्तरी क्षेत्रमा सबैभन्दा बढि घरहरुमा क्षती भएको छ । दोभाने गाविसमा ३ सय ८ घर पूर्ण रुपमा क्षती भएपछि ती घरका परिवारहरु अहिले पालमुनी बसिरहेका छन् । पुराना गाउँ, दाम्थाला, दलित बस्ती, दिङ्गमा डाँडामा जसोतसो पीडितहरु पाल र अस्थायी टहरामा रात काटेपनि खानपानमा समस्या भएको गाविसका सामाजिक परिचालक उमेश खत्रीले बताउनुभयो । केहि दिन जसोतसो छिमेकीहरुले मानाचामल सहयोग गरे पनि विस्तारै विहान बेलुका हातमुख जोर्नलाई नै अभाव हुन थालेको खत्रीले बताउनुभयो । दोभानेसँगै सीमाना जोडिएको खाटम्मा गाविसमा पनि १ सय १० घर पूर्ण क्षती भएको छ । कुदाककाउलेमा ५७ घर पूर्ण क्षती पुगेको छ भने कुलुङ्ग गाविसमा ४० घर पूर्ण क्षती भएको छ ।

Bhukampapidit - Copy
हसनपुर र पात्लेपानी गाविसका भुकम्पपीडित

यातायातको सुविधा नपुगेका ती ठाउँहरुमा राहतको ढुवानीमा पनि समस्या छ । सदरमुकाम वरपर र गाडी बाटो भएका ठाउँहरुमा सबैको ध्यान पुग्ने भएपनि दुरदराजका ठाउँहरुमा कसैको आँखा नपुगेको पीडितहरुले बताएका छन् । कुदाककाउले र दोभाने गाविसको जिम्मेवारी सम्हालिरहेका गाविस सचिव सुवास तामाङ्ग नेपालेडाँडाको सोमबारेमा पाल तथा केहि राहत सामग्री अव्यवस्थित ढंगबाट थुपारिएकाले त्यो कहाँको लागि कति कति हो भन्ने यकिन गर्न नसक्दा प्रयोगविहिन भएको बताउनुहुन्छ । भुकम्पबाट घरहरु पूर्ण रुपमा क्षती पुगेकाहरुको तथ्यांकलाई छड्के जाँचसमेत गरेर यकिन गरिसकेपछि परिचयपत्र जारी गरेर चुस्त दुरुस्त ढंगले थप राहत वितरण अघि बढाईने समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्ले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News