मलेसियामा तीन नेपाली अलपत्र


 


क्वालालम्पुर, असोज २७

malesiyaमलेसियामा तीन जना नेपाली अलपत्र परेका छन् । पाल्पाका खड्कबहादुर कार्की, सिन्धुलीका दुर्गा विक र मुगुका शिवराज बाँनिया मलेसियामा अलपत्र परेका हुन् ।

मलेसियाको इपु तेराकमा रहेको एम प्लास्टिक कम्पनीमा कार्यरत उनीहरु गएको साढे दुई महिनादेखि अलपत्र परेका छन् । मलेसिया गएको सुरुका तीन दिन कम्पनीले काम गर्न दिएको र त्यसपछि तिमिहरुको काम छैन घर जाओ भन्दै कामबाट निकालिदिएकाले आफूहरु अलपत्र परेको उनीहरुले बताएका छन् ।

काठमाडौंको सामाखुशीमा रहेको म्यानपावर कम्पनीबाट मलेसिया गएका ५ जना मध्ये ३ जनालाई कम्पनीले निकालेको पीडित मध्येका एक पाल्पाका खड्कबहादुर कार्कीले बताउनुभयो । आफूहरुलाई दूतावासले पनि सहयोग नगरेको पीडितले गुनासो गरेका छन् ।

प्रकाशित मिति: २७ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्