रेडक्रसले अवैध रुपमा रगतको मूल्य बढायो


 


काठमाण्डौँ, कात्तिक १९

नेपाल रेडक्रस सोसाइटीले अवैध रुपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मूल्य बढाएको छ । रेडक्रसले सरकारको अनुमतिविनै प्रतियुनिट रगतमा १०० रुपैयाँ मूल्य बढाएको हो ।

रेडक्रसले केन्द्रीय रक्त संचार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा १०० रुपैयाँ थप लिने सूचना जारी गरेको छ । केन्द्रीय रक्त संचार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बिहीबार रगतको मूलय वृद्धि भएको सूचना प्रकाशित गर्नुभएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सूचनामा ‘केन्द्रीय रक्त संचार सेवा’बाट रगत तथा रक्त तत्व उपलब्ध गराउने क्रममा लिइँदै आइएको शुल्कमा हाललाई रक्त संकलनमा रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि राष्ट्रिय रक्त संचार ब्युरोको निर्णयअनुसार प्रतियुनिट १०० रुपैयाँ थप लिने व्यवस्था लागि सूचित गरिएको उल्लेख छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्