जन्मँदा केटी, पछि अर्कै ?


 


achhmamaक्यारिबियन मुलुकमा बालिकामा वयस्क अवस्थामा पुग्दासम्म पुरुष लिंग विकसित हुने गरेको पाइएको छ ।  पुरुष शरिरमा विकसित हुनुपर्ने एउटा द्रव्य समयमै उत्पन्न नहुने गरेका कारण छोरीका रुपमा जन्मेका सन्तान पछि छोरा बन्ने गरेका छन् ।

डोमिनिकन गणतन्त्रको सालिनास नगरमा जन्मिएका ९० मा एक जना पछि पुरुष र महिला दुवै लिंग भएको उभयलिंगी बन्ने गरेका छन् ।   त्यहाँ त्यस खालका व्यक्तिलाई स्थानीय भाषामा ‘ग्वेभेडोसेस’ अर्थात् १२ वर्षको उमेरमा लिंग पलाएको व्यक्ति भन्ने गरिन्छ ।

पछि उनीहरुलाई तेस्रो लिंगी भनिन्छ । जन्मिंदादेखि नै वयस्क नहुँदासम्म उनीहरुको शरिरमा लिंग र अण्डकोष दुवै देखापर्दैन ।   स्थानीयहरु उनीहरुलाई ‘माचिहेम्ब्रास’ भनी बोलाउँछन् । यसको अर्थ सुरुमा सुरुमा महिला पछि पुरुष हुन्छ । एजेन्सी

प्रकाशित मिति: २८ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्