भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ



वीरगन्ज, मंसिर २

टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् ।

डरले मौन बसिन । श्रीमान ३ बर्षदेखि बैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुईदिनपछि एक युवकले मोबाइलमा भिडियो देखाउँदै पैसा मागे ।

पैसा नदिए अरुलाई पनि देखाइदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ती चारजना विरुद्ध किटानी जाहेरी दिइन । मुद्दा प्रहरीकोमा आएपछि आरोपित फरार छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

कात्तिक ५ गते राति घरबाहिर शैच गर्न गएका बेला सौराहा टोलका मनोज साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News