सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, मंसिर ४
पहेँलो धातु अर्थात सुनको मूल्य आज घटेको छ । आज सुन प्रतितोला चार सय रुपैँयाले घटेर ५८ हजार तीन सय रुपैँयामा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य ५८ हजार सात सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी प्रतितोला १० रुपैँयाले घटेर ७ सय १५ रुपैँयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य ७ सय २५ रुपैँया थियो ।

प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्