समिति बैठकमा किन जाँदैनन् देउवा र प्रचण्ड ?


 


काठमाडौँ, मसिर २३

संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् ।

तर पछिल्लो चरणमा ती समितिका बैठकमा शीर्ष नेताहरुले चासो देखाउन छाडेका छन् । उनीहरुको बेवास्ताले समितिको गति नै रोकिएको छ । आफ्नो समितिको बैठकमा अहिलेसम्म एकपटक पनि नजानेमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

समिति बैठकमा उपस्थित सदस्य पनि धेरैजसो हाजिर गरेरै हिँड्ने गरेका छन् । हाजिर गरेबापत संसदको बैठक बसेसरहकै सुविधा हुने गरेको छ तर एकैदिन समिति र संसद् बसे पनि एउटामात्र सुविधा उपलब्ध हुने गरेको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्