नांगै भएर टीभी हेर्ने अभिनेत्रीको अनौठो बानी


 


कतिपय मानिसका अनौठा रुची हुन्छन् । अझ सेलिब्रेटीहरुका कतिपय शौख त तीनछक पार्ने खालकै हुन्छन् । हलिउड अभिनेत्री जेनिफर एनिस्टनको शौखका बारेमा सुन्दै अचम्म लाग्छ ।

४९ वर्षकी एनिस्टनले आफ्नो त्यो अनौठो रुचिका बारेमा एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छन् । आफूलाई निर्वस्त्र भएर टेलिभिजन हेर्न मज्जा आउने खुलासा उनले गरेकी हुन् । एनिस्टनका अनुसार नांगै भएर टीभी हेर्ने बानी नै परिसकेको छ उनको ।

कार्यक्रममा नुहाउँदा, सम्भोग गर्दा र पौडी खेल्दा बाहेक अरु के गर्दा तपाइँलाई निर्वस्त्र हुन मन लाग्छ रु भनेर सोधिएको थियो । त्यसको जवाफमा उनले आफूलाई नांगै भएर टीभी हेर्न मनपर्ने बताएर सबैलाई छक्क पारिन् ।

आफूले रातमा सधैं नांगै भएर टेलिभिजन हेर्ने गरेको खुलासा उनले गरिन् । एजेन्सी

प्रकाशित मिति: २९ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्