पोर्न भिडियो पुरुषले भन्दा महिलाले बढी हेर्छन्



संसारका दुर्ए ठूला पोर्न वेबसाइटले वर्षको अन्त्यमा प्रयोगकर्ताले के खोज्छन् भन्ने कुरा सार्वजनिक गरेका छन् । चर्चित पोर्न वेबसाइट पोर्नहब र युपोर्नले तथ्यांकको माध्यमबाट प्रयोगकर्ताले के खोज्छन् भन्ने सार्वजनिक गरेका हुन् ।

पछिल्लो रिपोर्टअनुसार एक खास किवर्ड पुरुषले भन्दा महिलाले बढी सर्च गरेका छन् । दुवै वेबसाइटको वार्षिक रिभ्यूअनुसार सबैभन्दा बढी सर्च गरिएको शब्द ‘लेस्बियन’ (महिला समलिंगी) थियो । रोचक त के भने यो शब्द राखेर सर्च गर्ने पुरुषभन्दा महिला धेरै थिए ।

संयुक्त रुपमा वार्षिक ४ अर्ब भिजिटर भएका यी वेबसाइटका अनुसार उनीहरुको वेबसाइटमा आउने कूल भिजिटरमध्ये ३० प्रतिशत महिला छन् । तर, लेस्बियन किवर्ड राखेर सर्च गर्ने कूल प्रयोगकर्तामध्येमा भने महिलाको संख्या धेरै छ ।

पुरुषको तुलनामा डेढ गुणा महिलाले लेस्बियन सर्च गरेका छन् । अर्थात लेस्बियन सर्च गर्ने हरेक २५० जनामा पुरुष १०० जना हुँदा महिला १५० जना छन् । तथ्यांकअनुसार २०१८ मा पुरुष युजरको संख्या १६७ प्रतिशत बढेको छ भने ४५ वर्षभन्दा बढी उमेरका दर्शकको संख्या २०० प्रतिशतसम्म बढेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News